Uncategorized

2nd Annual General Meeting

आज मिति २०७३/११/२५ गते बुधबारको दिन CSIT Association of Nepal- Chitwan ले आफ्नो दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ . उक्त कार्यक्रम Associationका निवर्तमान अध्यक्ष श्री आयुष धिताल को अध्यक्षतामा संचालन गरिएको थियो| कार्यक्रममा इन्द्रेणी कलेज, भरतपुर का सह-प्रधानाध्यापक श्री जीवन पण्डित, विरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर का संकाय प्रमुख श्री विजय लाल प्रधान साथै इन्द्रेणी आइ.टि क्लब, विरेन्द्र आइ.टि क्लब र लुम्बिनी आइ.सी.टि क्लबका अध्यक्ष तथा सचिब ज्यू हरुको पनि उपस्थिति रहेको थियो|

आजको वार्षिक साधारण सभाले पुरानो कार्यसमिति विघटन गरि नयाँ कार्यसमितिको चयन गरेको छ| नयाँ कार्यसमितिको अध्यक्षमा इन्द्रेणी कलेज, भरतपुरका श्री अमृत पोख्रेल मनोनित हुनुभएको छ| साथै सह-अध्यक्षमा विरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरका श्री अर्जुन रिजाल, सचिवमा विरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरका श्री कृष्ण भट्टराई, सह-सचिवमा लुम्बिनी आइ.सी.टि कलेज, नवलपरासीकी सुश्री संगीता थापा मगर, कोषाध्यक्षमा इन्द्रेणी कलेज, भरतपुरकी सुश्री रिया घिमिरे, सह-कोषाध्यक्षमा विरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरका श्री किरण सिम्खडा, संचार नियन्त्रकमा इन्द्रेणी कलेज, भरतपुरका श्री सुशिल सुवेदी र वैधानिक सदस्यहरुमा इन्द्रेणी कलेज, भरतपुरका श्री अरुण कुमार परियार, लुम्बिनी आइ.सी.टि कलेज, नवलपरासीका श्री प्रकाश द्विप पोखरेल, विरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरकी सुश्री अर्चना शर्मा, लुम्बिनी आइ.सी.टि कलेज, नवलपरासीका श्री मनिष अधिकारी र लुम्बिनी आइ.सी.टि कलेज, नवलपरासीकी सुश्री सुजता कंडेल मनोनित हुनुभएको छ| कार्यक्रममा Associationका निवर्तमान अध्यक्ष श्री आयुष धितालले नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरी सफल कार्यकाल को शुभकामना दिदै पुरानो कार्यसमिति विघटन भएको घोषणा गर्नुभयो|

Leave a Reply

Your email address will not be published. Required fields are marked *