Football

2nd Inter CSIT College Football Tournment Day2

२०७३-१२-२४,विहिबार
भरतपुर, चितवन
सी.एस.आई.टि.एन-चितवनले आयोजना गरेको दोस्रो अन्तर सी.एस.आई.टि. कलेज फुटबल टुर्नामेन्टको आज दोस्रो दिन बिरेन्द्र बहुमुखी क्याम्पस र लुम्बिनी आई.सी.टि. कलेजबिच खेल भयो| खेल २-२ को बराबरी मा टुंगिएसंगै बिरेन्द्र र लुम्बिनीले १-१ अंक बाडेका छन्|
खेलको सुरुवाती मिनेटमा नै लुम्बिनिका कप्तान रंजन घर्ति मगरले फ्री किक मा गोल गर्न सफल भए| पहिलो हाफ मा अन्य गोल हुन सकेन र १-० मा लुम्बिनी अगाडी रह्यो| दोस्रो हाफको तेस्रो मिनेटमा सुमन तिवारीले गोल थपेपछि लुम्बिनीले २-० को अग्रता लिन सफल भएको हो| दबाबमा आएको बिरेन्द्र बहुमुखी क्याम्पसलाई सुनिल चौधरीले १ गोल गरेर खेलमा अगाडी बढाए| दोस्रो हाफको २७ मिनेटमा लुम्बिनीका दीपक ले डी-बक्स भित्र फौल गरेपछि बिरेन्द्रले पेनाल्टी पाएको थियो| उक्त अवसरलाई खेर जान नदिई बिरेन्द्रका रोजन तिवारीले गोल हानेर २-२ को बराबरीमा खेल रोक्न सफल भए| आजको खेलमा लुम्बिनी आई.सी.टि. कलेजका सुमन तिवारी म्यान अफ् द म्याच घोषित भए| दोस्रो अन्तर सी.एस.आई.टि. कलेज फुटबल टुर्नामेन्टको लिग चरणको अन्तिम खेल इन्द्रेणी र बिरेन्द्रबिच भोली(२०७३-१२-२५,शुक्रबार) बिहान ७:०० बजे टाइगर ताल ग्राउन्डमा हुनेछ|

सुशील सुबेदी(कार्यक्रम संयोजक)
सी.एस.आई.टि.एन-चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *