Football

2nd Inter CSIT College Football Tournment Day1

२०७३-१२-२३, बुधबार
भरतपुर, चितवन
सी.एस.आई.टि.एन-चितवन ले दोस्रो अन्तर सी.एस.आई.टि. कलेज फुटबल टुर्नामेन्ट सुरु गरेको छ| टुर्नामेन्टको पहिलो खेल इन्द्रेणी कलेज,भरतपुर र लुम्बिनी आई.सी.टि. कलेज, गैंडाकोटबिच भयो| खेलको पहिलो हाफमा कुनै पनि टिम बाट गोल हुन नसक्दा पहिलो हाफ ०-० को बराबरीमा टुंगियो| दोस्रो हाफको छैठौ मिनेटमा सलिप गुरुङले दिएको पासमा अमृत श्रेष्ठले गोल गरेसंगै इन्द्रेणी कलेजले १-० को अग्रता लियो| खेलमा अरु गोल हुन सकेन र अन्तत इन्द्रेणी कलेजले १-० को जीत हासिल गर्न सफल भयो| खेलमा उत्कृष्ट प्रदर्शनी गर्ने सलिप गुरुङ म्यान अफ् द म्याच घोसित भए|
अन्तर सी.एस.आई.टि. कलेज फुटबल टुर्नामेन्ट कलेज अफ् मेडिकल साइन्सेस, भरतपुरको चौरमा गरिने भनिएता पनि चौरको अवस्था ठिक नभएका कारण अन्तिम घडीमा आयोजक चौर परिबर्तन गर्न बाध्य भयो| चौर परिबर्तन बाट खेलाडी र दर्शक मा पर्न गएको असुविधामा आयोजक क्षमा चाहन्छ| टुर्नामेन्टका बाकी खेलहरु पनि टाइगर ताल चौरमा नै हुनेछ|

सुशील सुबेदी,

सी.एस.आई.टि.एन-चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *