Football

2nd Inter CSIT College Football Tournment Day3

२०७३-१२-२५,शुक्रबार
भरतपुर, चितवन

सी.एस.आई.टि.एन-चितवनले आयोजना गरेको दोस्रो अन्तर सी.एस.आई.टि. कलेज फुटबल टुर्नामेन्टको आज तेस्रो दिन बिरेन्द्र बहुमुखी क्याम्पस र इन्द्रेणी कलेजबिचको खेलमा इन्द्रेणी कलेजले ३-० को जीत हात पार्यो|
खेल सुरु भएको १० मिनेटमा माधव अधिकारीले दिएको पासमा सुमन चौधरी ले गोल गर्न सफल भएपछी इन्द्रेणीले पहिलो हाफमा १-० को अग्रता पाएको हो|
दोस्रो हाफको २२औं मिनेटमा गौरव रेग्मीले हानेको फ्री किकलाई माधव अधिकारीले गोलमा परिणत गरेका| त्यसैगरी ३०औ मिनेटमा गौरव रेग्मीको पासमा नै माधव अधिकारीले अर्को गोल गर्न सफल भए| २ गोल र १ एसिस्ट गर्न सफल इन्द्रेणीका माधव अधिकारी म्यान अफ द म्याच घोषित भए| २ जीतबाट ६ अंक बटुलि शिर्ष स्थानमा रहन सफल इन्द्रेणी कलेज फाइनल प्रवेश गरेको छ| १ हार र १ बराबरी बाट बिरेन्द्र बहुमुखी क्याम्पस र लुम्बिनी आई.सी.टि. कलेजले समान १/१ प्राप्त गरेका छन् तर गोल अन्तर को आधारमा लुम्बिनी आई.सी.टि. कलेज फाइनल खेल्ने भएको छ| दोस्रो अन्तर सी.एस.आई.टि. कलेज फुटबल टुर्नामेन्टको फाइनल खेल भोली (२०७३-१२-२६,शनिबार) इन्द्रेणी कलेज र लुम्बिनी आई.सी.टि. कलेजबिच बिहान ७:०० बजे टाइगर ताल ग्राउन्डमा हुनेछ| विजेतालाई ट्रफी, मेडल र सर्टिफिकेट, उपविजेतालाई सर्टिफिकेट, म्यान अफ् द म्याच र टप स्कोररलाई मेडल, रेफ्री, एसिस्टेन्ट रेफ्री र तीनओटै कलेजलाई मायाको चिनो प्रदान गर्ने कार्यक्रम पनि भोली नै राखिएको छ|

सुशील सुबेदी(कार्यक्रम संयोजक)
सी.एस.आई.टि.एन-चितवन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *