Football

2nd Inter CSIT College Football Tournment Day4

२०७३-१२-२६,शनिबार
भरतपुर, चितवन
सी.एस.आई.टि.एन-चितवनले आयोजना गरेको दोस्रो अन्तर सी.एस.आई.टि. कलेज फुटबल टुर्नामेन्टको आज अन्तिम दिन इन्द्रेणी कलेज, भरतपुरलाई हराएर लुम्बिनी आई.सी.टि. कलेजले उपाधि जित्न सफल भएको छ|
खेल सुरु भएको १९औ मिनेटमा इन्द्रेणीका सुवाश छेत्रीले गोल गरेर इन्द्रेणीले १-० को अग्रता पाएको हो तर दोस्रो हाफको २९औ मिनेटमा डी-बक्स भित्र ह्यान्ड भएपछि पेनाल्टी पाएको लुम्बिनी आई.सी.टि. कलेजलाई कप्तान रंजन मगरको गोलले खेलमा फर्कायो| खेल १-१ को बराबरीमा टुंगिएर नतिजा निस्कन नसकेपछि १५ मिनेट समय थपियो| थप समयमा कुनै पनि टिमको तर्फबाट गोल हुन सकेन र अन्तत खेल पेनाल्टी शूटआउटमा पुगेको हो| पेनाल्टी शूटआउटमा लुम्बिनी आई.सी.टि. कलेजले इन्द्रेणी कलेजमाथि ५-४ को जीत हासिल गर्यो| उत्कृस्ट खेल प्रदर्शन गर्ने लुम्बिनीका डिफेन्डर दीपक पौडेल म्यान अफ् द म्याच घोषित भए| त्यस्तै २ गोल र १ एसिस्ट गर्दै टुर्नामेन्टभरीमै उत्कृस्ट खेल प्रदर्शन गर्न सफल इन्द्रेणीका माधव अधिकारी टप स्कोरर तथा म्यान अफ् द सेरिज घोषित भए|
टुर्नामेन्ट को फाइनल अवलोकन गर्न लुम्बिनी आई.सी.टि. कलेजका प्राध्यापक प्रताप कोइराला र इन्द्रेणी कलेजका उप- प्राध्यापक जीवन पण्डितको पनि उपस्थिति रहेको थियो| सी.एस.आई.टि.एन-चितवनका अध्यक्ष अमृत पोख्रेलको हातबाट दोस्रो अन्तर सी.एस.आई.टि. कलेज फुटबल टुर्नामेन्टका विजेतालाई ट्रफी, मेडल र सर्टिफिकेट, उपविजेतालाई सर्टिफिकेट, म्यान अफ् द म्याच र टप स्कोररलाई मेडल, रेफ्री, एसिस्टेन्ट रेफ्री र तीनओटै कलेजलाई मायाको चिनो पनि आज नै प्रदान गरियो|

सुशील सुबेदी(कार्यक्रम संयोजक)
सी.एस.आई.टि.एन-चितवन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *