Uncategorized

3rd Annual General Meeting

तेस्रो बार्षिक साधारण सभा

आज मिति २०७४-११-२४ (इ.स. २०१८-०३-०८), बिहीबार को दिनमा सी.एस्.आई.टि.एन चितवनले आफ्नो तेस्रो बार्षिक साधारण सभा सम्पन्न गरेको छ| निवर्तमान अध्यक्ष श्री अमृत पोख्रेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सी.एस्.आई.टि.एन चितवन वैधानिक सदस्यहरु, विसिस्ट सदस्यहरु, इन्द्रेणी कलेज, भरतपुर, लुम्बिनी आई.सी.टि कलेज, गैंडाकोट र बिरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरका प्रतिनिधि शिक्षक त्यसैगरी इन्द्रेणी आई.टि क्लब, भरतपुर, लुम्बिनी आई.सी.टि क्लब, गैंडाकोट र बिरेन्द्र आई.टि क्लब, भरतपुरका अध्यक्ष तथा सचिवको पनि सहभागिता रहेको थियो|

आजको वार्षिक साधारण सभाले विधान अनुरुप पुरानो कार्यसमिति विघटन गरि विसिस्ट सदस्यहरु बाट नै नयाँ कार्यसमितिको चयन गरेको छ| नयाँ समितिको अध्यक्षमा बिरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरका श्री अर्जुन रिजाल मनोनित हुनुभएको छ| साथै सह-अध्यक्षमा लुम्बिनी आई.सी.टि कलेज, गैंडाकोटकी सुश्री संगीता थापा मगर, सचिवमा इन्द्रेणी कलेज, भरतपुरकी सुश्री रिया घिमिरे, सह-सचिवमा लुम्बिनी आइ.सी.टि कलेज, नवलपरासीकी सुश्री बिष्णु भट्टराई, कोषाध्यक्षमा बिरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरकी सुश्री अर्चना शर्मा, सह-कोषाध्यक्षमा इन्द्रेणी कलेज, भरतपुरकी सुश्री अस्मिता न्यौपाने, कार्यक्रम संचालकमा लुम्बिनी आइ.सी.टि कलेज, नवलपरासीका मिलन पौडेल, संचार नियन्त्रकमा बिरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरका श्री प्रवेश लामिछाने र वैधानिक सदस्यहरुमा इन्द्रेणी कलेज, भरतपुरका श्री रफिन श्रेष्ठ, लुम्बिनी आइ.सी.टि कलेज, नवलपरासीकी सुश्री सुशिला सापकोटा, विरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरका श्री सुदिप अधिकारी, इन्द्रेणी कलेज, भरतपुरकी सुश्री अस्मिता सुबेदी मनोनित हुनुभएको छ| कार्यक्रममा एसोसियसन निवर्तमान अध्यक्ष श्री अमृत पोख्रेलले नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरी सफल कार्यकाल को शुभकामना दिदै पुरानो कार्यसमिति विघटन भएको घोषणा गर्नुभयो|

Leave a Reply

Your email address will not be published. Required fields are marked *