cricket

3rd Inter CSIT College Cricket Tournament Day1

मिति २०७३-१२-१८,शुक्रबार
भरतपुर,चितवन
सी.एस.आई.टि.एन-चितवन ले तेस्रो अन्तर सी.एस.आई.टि. कलेज क्रिकेट टुर्नामेन्ट सुरु गरेको छ| टुर्नामेन्टको पहिलो खेलमा बिरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरले लुम्बिनी आई.सी.टि. कलेज, गैडाकोलाई २२ रनले पराजित गरेको थियो| टस जितेर फिल्डिंग रोजेको लुम्बिनी आई.सी.टि. कलेज विरुध्द बिरेन्द्र बहुमुखी क्याम्पसले १६ ओवर मा ८ विकेट गुमाउदै १२७ रन बनाएको थियो| १२८ रनको टार्गेट पाएको लुम्बिनी आई.सी.टि. कलेज १३.२ ओवरमा अल आउट भै १०५ रनमा समेटिएको थियो| उक्त खेल मा सर्बाधिक ४५ रन बनाउने बिरेन्द्र बहुमुखी क्याम्पसका विवेक पौडेल म्यान अफ् द म्याच घोषित भएका थिए| टुर्नामेन्ट को दोस्रो खेल अन्तर्गत भोली बिहान ७:०० बजे इन्द्रेणी कलेज, भरतपुर र लुम्बिनी आई.सी.टि. कलेज, गैडाकोबीच खेल हुने छ|
सुशील सुबेदी,
सी.एस.आई.टि.एन-चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *