cricket

3rd Inter CSIT College Cricket Tournament Day2

मिति २०७३-१२-१९,शनिबार
भरतपुर, चितवन
सी.एस.आई.टि.एन-चितवनले आयोजना गरेको तेस्रो अन्तर सी.एस.आई.टि. कलेज क्रिकेट टुर्नामेन्टको आज दोस्रो दिन इन्द्रेणी कलेज, भरतपुर र लुम्बिनी आई.सी.टि. कलेज, गैडाकोटबिच खेल भएको छ| आजको खेलमा टस जितेर ब्याटिंग रोजेको इन्द्रेणी कलेजले १६ ओवरको समाप्तिमा ९ विकेट गुमाउदै ११५ रन बनाएको थियो| मौसमको खराबिका कारण केहि समय खेल अवरुद्द भए पनि पिच ड्राई गरेर खेल सुचारु गरिएको थियो| ११६ रन को लक्ष पाएको लुम्बिनी आई.सी.टि. कलेजले १६ ओवर को समाप्ति मा ६ विकेट गुमाउदै ७६ मा समेटिएको थियो|
उक्त खेलमा सर्वाधिक ४ विकेट लिने इन्द्रेणी कलेजका अमृत श्रेष्ठ म्यान अफ् द म्याच घोषित भएका छन्| दोस्रो हार संगै लुम्बिनी आई.सी.टि. कलेज टुर्नामेन्ट बाट बाहिरिएको छ| लिग चरण को अन्तिम खेल अन्तर्गत भोली इन्द्रेणी र बिरेन्द्र भिड्ने छन्| टुर्नामेन्ट को फाइनल मिति २०७३-१२-२१ गते सोमबार इन्द्रेणी कलेज र बिरेन्द्र बहुमुखी क्याम्पस बिच नै हुनेछ|
सुशील सुबेदी
सी.एस.आई.टि.एन-चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *