cricket

3rd Inter CSIT College Cricket Tournament Day3

मिति २०७३-१२-२०,आइतबार
भरतपुर,चितवन
सी.एस.आई.टि.एन-चितवनले आयोजना गरेको तेस्रो अन्तर सी.एस.आई.टि. कलेज क्रिकेट टुर्नामेन्टको आज तेस्रो दिन इन्द्रेणी कलेज र बिरेन्द्र बहुमुखी क्याम्पस बिच रोमान्चक खेल भएको छ| टस जितेर फिल्डिंग रोजेको बिरेन्द्र बहुमुखी क्याम्पसले १२१ को लक्ष पाएको थियो| उक्त खेलमा रोमन नगरकोटी र गौरव रेग्मी बिच अन्तिम विकेटको लागि ५३ रन को साझेदारी भएको थियो| राम्रो सुरुवात पकडेको बिरेन्द्र बहुमुखी क्याम्पसले आफ्नो फर्मलाई निरन्तरता दिन सकेन| लगातार विकेट गुमाएको बिरेन्द्र बहुमुखी क्याम्पस १६ ओवर को समाप्तिमा ७६ रनमा समेटियो| मेडन ओवर सहित ३ विकेट लिन सफल इन्द्रेणी कलेजका राजु पौडेल म्यान अफ द म्याच घोषित भएका छन्| भोली टुर्नामेन्टको फाइनल खेल बिरेन्द्र बहुमुखी क्याम्पस र इन्द्रेणी कलेज बिच बिरेन्द्र बहुमुखी क्याम्पस चौर (रमाइलो चोक) बिहान ७:०० बजे सुरु हुनेछ|
सुशील सुबेदी,
सी.एस.आई.टि.एन-चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *