cricket

3rd inter CSIT College Cricket Tournament Day4

मिति २०७३-१२-२१,आइतबार
भरतपुर,चितवन
सी.एस.आई.टि.एन-चितवन ले तेस्रो अन्तर सी.एस.आई.टि. कलेज क्रिकेट टुर्नामेन्टको फाइनल खेल इन्द्रेणी कलेज र बिरेन्द्र बहुमुखी क्याम्पसबिच आज सम्पन्न भएको छ| टस जितेर ब्याटिंग रोजेको बिरेन्द्र बहुमुखी क्याम्पसले २० ओवरमा विवेक पौडेलको ४४ रन र नविन गुरुङ को ४२ रनको सहाएतामा १४३ रन बनाएको थियो| १४४ रनको लक्ष्य पाएको इन्द्रेणी कलेज अन्तत १२० रनमा अल आउट भएको थियो| म्याच को अम्पाइरिंग आशिष पौडेल ले गर्नु भएको थियो| ४२ रन सहित २ विकेट लिन सफल नविन गुरुङ म्यान अफ् द म्याच घोषित भएका थिए| त्यसैगरी ९ विकेट लिन सफल सुदेश खतिवडा म्यान ओफ द सेरिज घोषित भए| फाइनल खेलको समाप्ति संगै तेस्रो अन्तर सी.एस.आई.टि. कलेज क्रिकेट टुर्नामेन्टको विजेता, उप-विजेता, म्यान अफ् द म्याच, म्यान अफ् द सेरिजलाई मेडल तथा प्रमाणपत्र वितरण को कार्यक्रम पनि आजनै सम्पन्न भएको छ| टुर्नामेन्ट सफल गराउन चौर उपलब्ध गरिदिएकोमा बिरेन्द्र बहुमुखी क्याम्पस र खेल सम्पन्न गर्न सहयोग गर्नुहुने म्याच अम्पाएर र लेग अम्पाएरलाई पनि मायाको चिनो प्रदान गरिएको थियो| त्यसैगरि दोस्रो अन्तर सी.एस.आई.टि. कलेज फुटबल टुर्नामेन्ट चैत्र २३ गते, बुधबार देखि सुरु हुनेछ|

सुशील सुबेदी,
सी.एस.आई.टि.एन-चितवन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *