Past Events

सिएसआइटिएन- चितवनको छैठौ वार्षिक साधारण सभा तथा कार्यसमिति पुनर्गठन

आज मिति २०७७/०६/२४ गते शनिवारको दिन कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि एशोसिएसन अफ नेपाल (सिएसआइटिएन- चितवन)ले छैठौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ | उक्त कार्यक्रम एशोसिएसनका निवर्तमान अध्यक्ष श्री मनिप पौडेल को अध्यक्षतामा संचालन गरिएको थियो| कार्यक्रममा कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि एशोसिएसन अफ नेपाल (CSITAN) का महासचिव आशिस गिरि ज्युको प्रमुख अतिथ्यता रहेको थियो भने CSITAN-Pokhara का अध्यक्ष आदिम अधिकारी र CSITAN को उपाध्यक्ष स्मृति बन्जाडे को बिषेश अतिथ्यता रहेको थियो |

आजको वार्षिक साधारण सभाले पुरानो कार्यसमिति विगठन गरि नयाँ कार्यसमितिको चयन गरेको छ| कार्यसमितिको  संरचना यस प्रकार रहेको छ:

अध्यक्ष: अनन्त राज मिश्र
उपाध्यक्ष: सरोज शर्मा
सचिव: एलिना लामिछाने
सह- सचिव: राजिब अर्याल
सह- सचिव: स्मीथ राई
कोषाध्यक्ष: समिक्षा न्यौपाने
सह- कोषाध्यक्ष: रोजित ढकाल

सदस्यहरु:
रेश्मा परियार
संकल्प रेग्मी
श्रद्धा सुबेदी
समिक्षा साप्कोटा

कार्यक्रममा एशोसिएसनका निवर्तमान अध्यक्ष श्री मनिप पौडेलले नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरी सफल कार्यकालको शुभकामना दिदै पुरानो कार्यसमिति विगठन भएको घोषणा गर्नुभयो|

Leave a Reply

Your email address will not be published. Required fields are marked *